काठमाडौं, १६ वैशाख ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।
पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले १९ बुँदे प्रस्ताव पारित गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य अस्वाभाविक रूपमा बढेको निष्कर्ष निकालेको हो।
नेकपाले बजार अनुगमन कडा बनाउन, आपूर्ति प्रणाली सहज बनाउन तथा कालोबजारी नियन्त्रण गर्न सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेको छ। साथै राष्ट्रिय हितका विषयमा सहमति कायम गरी निर्णय गर्नुपर्नेमा जोड दिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







