काठमाडौं, १६ वैशाख ।
उच्च अदालत पाटनले ‘लाली बजार’ नामक चलचित्रको प्रदर्शन अस्थायी रूपमा रोक्न आदेश दिएको छ।
रोशनी नेपालीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको इजलासले वैशाख २२ गतेसम्मका लागि प्रदर्शन स्थगित गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
रिटमा उक्त चलचित्रले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको दाबी गरिएको छ। अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म सम्भावित अपूरणीय क्षतिलाई ध्यानमा राख्दै यो आदेश दिएको जनाएको छ।
साथै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







