काठमाडौं, १६ वैशाख ।
सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुईवटा अध्यादेश जारी गर्ने तयारी अघि बढाएको छ। मन्त्रिपरिषद्ले सोमबार निर्णय गर्दै उक्त अध्यादेशहरू जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
सरकारको सिफारिसपछि अध्यादेशहरू हाल राष्ट्रपति कार्यालयमा विचाराधीन अवस्थामा रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ती अध्यादेशका विषयमा विभिन्न तहमा छलफल तथा परामर्श गरिरहेको जनाइएको छ।
राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थका अनुसार अध्यादेशसम्बन्धी विषयमा राष्ट्रपतिले आवश्यक परामर्श लिइरहनुभएको छ। उनले सञ्चारमाध्यमसँगको कुराकानीमा “सम्माननीयज्यू छलफल र परामर्शमै हुनुहुन्छ” भन्दै निर्णय प्रक्रिया जारी रहेको जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







