महोत्तरी,१३ वैशाख ।

नेपाल सरकारले देशभरी कै अवैध संरचना हटाउने अभियान थालेको छ । संघिय,प्रदेश र स्थानिय तह मार्फत अवैध संरचना र कब्जा हटाउन सुरु गरिएको हो । काठमाडौंमा बालेनको निर्देशनमा सुकुम्वासी वस्तीहरु हटिरहेको बेला मधेश प्रदेश सहितका अन्य प्रदेशमा समेत प्रदेश सरकारले समन्वय गर्दै स्थानिय सरकार मार्फत अवैध संरचना हटाउन थालेको हो । अधिकांश स्थानमा स्थानिय तहको माध्यमले सुचना जारी भई केहि स्थानमा यस्ता संरचना हटाउन थालिसकिएको छ भने केहि स्थानमा सुचना जारी गरि अवैध कव्जा खाली गर्न समय सिमा निर्धारण गरिएको छ ।

अतिक्रमित सरकारी तथा सार्वजनिक र गुठीको जग्गामा निर्मित संरचना भत्काउँदै जाने र वास्तविक सुकुमवासीलाई स्थायी वासको व्यवस्था गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

मनोहराको सुकुमवासी बस्तीमा डोजर

काठमाडौं,१३ वैशाख ।

सरकारले मनोहरा खोलास्थित सुकुमवासी बस्ती भत्काउन सुरु गरेको छ । ठुलो संख्यामा सुरक्षाकर्मी खटाएर डोजरले संरचनाहरू भत्काइरहेको छ ।

सरकारले विगतका तथ्यांक र अहिलेको ‘स्क्रिनिङ’पछि वास्तविक सुकुमवासी पहिचान गरेर उनीहरूलाई दीर्घकालीन बसोबास मिलाउने योजना बनाएको छ । शनिबार थापाथली र गैरीगाउँको सुकुमवासी बस्तीमा डोजर चलेको थियो ।