महोत्तरी,१२ वैशाख ।
धनुषाको गनेशमान चारनाथ नगरपालिका ४ विरेन्द्र बजार स्थित पुर्व पश्चिम लोकमार्गमा शनिवार भएको बस र मोटरसाइकल दुर्घटनामा मोटरसाईकल चालक एक युवकको मृत्यु भएको छ भने सोहि मोटरसाईकलमा सवार महिलाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।
चितवनबाट पूर्र्व गाईघाट तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १०११ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०२–०१० प १२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरीको मृत्यु भएको हो । उनलाई दुर्घटना पश्चात उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता सोहि मोटरसाईकलमा सवार जलेश्वर नगरपालिका १ निवासी २३ वर्षिया रागनी कुमारी महतोको गम्भिर अवस्थामा जनकपुर स्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ ।
बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।