काठमाडाैं
सरकारले शनिबार बिहानदेखि सुरु गरेको नदी किनाराको भत्काउने क्रम अहिले पनि जारी छ । थापाथली नदी किनारको सकिएर अहिले सिनामंगलस्थित गैरीगाउँमा भत्काउने काम भइरहेको छ ।
थापाथली क्षेत्रबाट घरबारविहीन भएको विवरण टिपाउने २५ जनालाई सुन्दरीघाट स्थित राधास्वामी सत्संग आश्रममा लगिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यसमा ७ परिवारका ८ जना पुरुष, १२ जना महिला र ५ जना बालबालिका रहेको जनाइएको छ । त्यस्तै १ जना सुत्केरीलाई कोटेश्वर पुर्याइएको छ ।
त्यस्तै गैरीगाउँबाट तीन परिवारले आफू घरबारविहीन भनेर नाम टिपाएका छन् । गैरीगाउँ क्षेत्रबाट शारीरिक अस्वस्थता भएका दुई जना बालकलाई अस्पताल पुर्याइएको छ । लत्ताकपडा, सरसामान, भाँडाकुँडा तथा घरका सामान ओसार्नका लागि महानगरपालिकाका १२ वटा ठुला गाडी र साना ४ वटा गाडी प्रयोग भएको महानगरले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







