रञ्जन कुमार भण्डारी
महोत्तरी,५ वैशाख ।
महोत्तरी सदरमुकाम जलेश्वरमा अबेर साझ  आएको हावा हुरी(बबंडर जस्तो )ले जलेश्वर नगर पालिका ९ प्रकौली स्थित जलेश्वर जनकपुर सड़क खण्ड मा जलेश्वरबाट जनकपुर तर्फ जाड़दै गरेको ज१ह ४८५० नम्बर को टेम्पो माथि मसाला को रुख  ढल्दा किचिएर टेम्पोमा सवार दुई यात्री को मृत्यु भएको छ भने सोही टेम्पोमा सवार चार यात्री घाइते भएका छन । घाइते मध्ये दुइको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रुख ले किचिएर मृत्यु हुनेहरू जनकपुर उप महानगरपालिका  २० देवड़ा रुपैठा निवासी  पशुपति पंडित की श्रीमती अन्दाजी वर्ष ४१ की शकुन्तला पंडित र एकडारा गाउपालिका ३ निवासी अन्दाजी वर्ष २३ का राहुल मल्ली छन ।
यता दुर्घटना मा गंभीर घाइते भएका जलेश्वर नगरपालिका ११ बस्ने वर्ष ५२ का टेम्पो चालक हरेन्द्र ठाकुर लाई थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको मा सोही ठाउ बाट समेत रेफर गरिएको छ ।
यता दुर्घटना मा मृतक राहुल मल्ली की आमा वर्ष ४३ की फेकनी देवीलाई समेत गम्भीर अबस्थामा प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।
टेम्पो मैं सवार मृतक शकुन्तला देवी पंडित की १४ वर्षीया छोरी रिया पंडित सामान्य घाइते भएकी हुन भने जनकपुर उपमहानगर पालिका १२ निवासी रामबाबू मल्ली का १७ वर्षीय छोरा धीरज मल्ली को प्रादेशिक अस्पताल जलेश्वर मैं उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बिधुत अबरुद्ध 
शनिवार साझ महोत्तरीको केहि स्थानमा सामान्य हावाहुरी सँगै वर्षा समेत भएकोमा जलेश्वर नगरपालिका को वड़ा नं ९ र ११ को क्षेत्रमा बबंडर जस्तो आएको स्थानियले प्रतिक्रिया दिएका छन । यता सोही क्षेत्र (जलेश्वर ९ प्रकौली र जलेश्वर ११  लोचना ) क्षेत्रमा ३३ केभी र ११ केभी का दर्जनौ बिधुत पोल मा रुख ढली क्षतिग्रस्त भएकोमा सदरमुकाम जलेश्वर सहित पिपरा,एकडारा,चकवा,मटिहानी,रिंग,सिटी र कट्टी फीडर अन्तर्गत का सबै स्थान को बिधुत सेवा अबरुद्ध रहेको छ ।
नेपाल बिधुत प्राधिकरण जलेश्वर वितरण केन्द्र का प्रमुख इंजीनियर रोशन सिंह ले ठुलो क्षति भएको मा तत्काल बिधुत सुचारू हुने अबस्था नरहेको बताएका छन । उनले बिधुत संचालन को लागि एक देखी दुइ दिन सम्म को अनुमानित समय लाग्न सक्ने बताए ।