काठमाडौं,४ वैशाख ।

स्वास्थ्य मन्त्रालयले डाक्टर तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई आइतबार र शनिबार विदा दिने भएको छ ।

मन्त्रालयले अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवाहरू  अन्य दिन जस्तै २४ सै घण्टा सञ्चालनमा गर्न निर्देशन दिँदै शनिवार र आइतबार अस्पतालहरुमा सार्वजनिक विदा हुने निर्णय गरेको हो । अब सरकारी अस्पतालहरुमा शनिबार र आइतबार सार्वजनिक विदा हुने छ । उक्त अवधीमा ओपडी सेवा ठप्प हुनेछ ।