महोत्तरी,४ वैशाख ।

महोत्तरीको बलवा नगरपालिका–७ बनौटा स्थित सुर्ती फर्ममा आगलागी हुदा करिव २० लाख बराबरको क्षति भएको छ । अज्ञात समूहले सुर्ती फर्ममा आगजनी गरेको हुन सक्ने सुरुवाती अनुमान रहेकोमा प्रहरीले घटनाको छानविन सुरु गरेको छ ।

बुधबार राती दिपेन्द्र महतो र हरिचरण महतोले खेतबाट ल्याएर सुकाउन राखेका छुट्टाछुट्टै तीनवटा सुर्ती फर्ममा आगलागी भएको हो ।

आगलागीबाट दिपेन्द्र महतोको करिब १० लाख रुपैयाँ बराबरको सुर्ती र फर्म तथा करिब ५  लाख बराबरको तयारी सुर्ती जलेर नष्ट भएको छ । त्यस्तै, हरिचरण महतोको करिब ५ लाख रुपैयाँ बराबरको सुर्ती जलेको छ ।

पीडितले आगो लगाउनेको पहिचान गरि कार्यवाही तथा क्षतिपुर्तिको मांग मांग गरेका छन ।