काठमाडौं,३ वैशाख ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति सभापतिको उम्मेदवार टुंगो लगाएको छ ।

दलका नेता बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाको १० वटा र दुईवटा संयुक्त समितिको नाम टुंग्याएको हो । बैठकमा सभापति रवि लामिछानेले उम्मेदवारको नाम प्रस्तुत गरेका थिए । प्रस्तुत नामलाई बैठकले अनुमोदन गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

उनका अनुसार कानुन समितिमा समीक्षा बास्कोटा, कृषिमा अशोक चौधरी, पूर्वाधारमा आशिष गजुरेल, महिलामा आकृति अवस्थी, राज्य व्यवस्थामा हरि ढकाल, शिक्षामा डा. ओजस्वी शेरचन, अन्तर्राष्ट्रियमा सुम्निमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योगमा रहवर अन्सारी रहेका छन् । संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक समितिमा गणेश कार्की उम्मेदवार रहेका छन् । लेखा समिति प्रमुख विपक्षी कांग्रेसलाई दिइएको छ ।