काठमाडौं,३ वैशाख ।

गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि कोरियाका राजदूत पार्क थेयङबीच शिष्टारचार भेटवार्ता भएको छ। आज गृह मन्त्रालयमा भएको भेटवार्ता राजदूतले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए।

सो अवसरमा नेपाल–कोरिया बीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्याउिँदै आएको निरन्तर सहयोग तथा आगामी दिनमा दुई पक्षीय सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको थियो।

शिष्टाचार भेटघाटका क्रममा गृहमन्त्रीले कोरियामा शिक्षा तथा रोजगारीका लागि जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका सम्बन्धमा कोरिया सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गरे।

राजदूतले नेपालीहरू अनुशासित एवम् मेहनती रहेको र कोरियाली समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्यायइरहेको उल्लेख गरे।

भेटघाटका क्रममा गृहमन्त्रीले कोरिया सरकारको सहयोगमा साइबर ब्यूरोलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने कार्य अन्तिम चरणमा रहेकोमा कोरिया सरकारलाई धन्यवाद ज्ञापन गरे। साथै, गृह मन्त्रीले भीड नियन्त्रण तथा आम नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक पर्ने सुरक्षा सामग्री एवम् उपकरणको व्यवस्था गर्न दुई देशका सरकारबीच सहकार्यका लागि प्रस्ताव गरे।

शिष्टाचार भेटमा गृहमन्त्रीले नेपालमा कोरियाली लगानीमा सञ्चालित व्यवसाय तथा लगानीकर्ताको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी दिए। साथै, गृहमन्त्रीले बौद्ध संस्कृतिको प्रवद्र्धन तथा लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न दुई मुलुकबीच साझेदारी आवश्यक रहेको विषयमा जोड दिए।

गृहमन्त्री र नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले दुई देश बीचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर तथा सुदृढ गर्दै परस्पर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गर्दै भेटघाट कार्यक्रम सम्पन्न भयो।