महोत्तरी,२ वैशाख ।
आज वैशाख २ गते मिथिलाञ्चल क्षेत्रमा जुडशितल मनाइएको छ । आफ्नो ठुलावडाको हातबाट लोटामा रहेको आँप(टिकोला) राखिएको पानी शिरमा राखेर यस दिन ठुलावडाले दिर्घजिवन र निरोगिता तथा जिवनमा आईपर्ने सवै दुःख कष्टबाट मुक्ति मिलोस भनेर आशिष दिईने चलन छ ।
यसका साथै आजैको दिन तरुवा,कढीवडी लगायतका विभिन्न परिवारहरु बनाएर देउता र प्रकृतिलाई चढाएपछि खाने चलन छ भने आजैको दिन वृक्षहरुमा पानी दिने तथा हिलोमा खेल्ने पौराणिक परम्परा समेत छ ।
यता थारु समुदायमा यसलाई सिरुवा भनेर मनाईने गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







