रञ्जन कुमार भण्डारी
महोत्तरी, १ वैशाख ।
प्रतिनिधीसभा कि उपसभामुख रुवी कुमारी ठाकुर ललितपुर स्थित साझा सहयात्री नेपाल नामक परोपकारी संस्था पुगेर हिंसामा परेका नावालिकाहरुलाई भेटेकि छिन । बालिकाहरुसंग भेटपछि उनले सानो बालिकाहरुलाई समेत करणी गर्ने कस्ता मान्छे ? भनेर यस्ता कुकृत्य गर्नेहरु प्रति रोष व्यक्त गरिन । नर्सरीमा पढ्ने देखि यसै वर्ष एसइइ दिएकि उमेर सम्मकि हिंसा पिडित बालिकाहरु भेटेर उनीहरुसंग गरिएको हिंसा सुनिएर दुखित हुदै उपसभामुखले समाजमा यस्ता पनि मान्छेहरु छन भन्दै अश्रु मिश्रीत आक्रोस पोखिन ।
साझा सहयात्री नेपाल कि संस्थापक अध्यक्ष गिता केसी दर्नालको संरक्षणमा कालिकोट,डडेलधुरा,दैलेख,सुर्खेत,सुन्सरी,महोत्तरी,धनुषा,काभ्रे र रौतहटका २१ जना बालिकाहरुले संरक्षणसंगै शिक्षा र अभिभावकत्व ग्रहण गरिरहेकिमा उपसभामुखले करिव दुई घन्टा उनीहरुसंग विताउदै उनीहरुसंग भएको घटना वो विस्तृत जानकारी लिईन ।
बालिकाहरुसंग भेटघाट पछि संस्थापक अध्यक्ष दर्नालसंग कुरा गर्दै उनले मानव सेवा भन्दा ठुलो कुनै सेवा नभएको भन्दै बालिकाहरुलाई संरक्षण दिई उनको उज्वल भविष्य निर्माणमा लागेकोमा उनलाई धन्यवाद दिईन ।
महिला अधिकारकर्मी लिला दियालीसंगै पुगेकि उपसभामुख ठाकुरले यस्ता घटना घटाउने अपराधीहरुलाई कानुनले उचित सजाय दिने बताईन । उनले हिंसा पिडितको लागि सरकारले धेरै काम गर्न बाकि रहेकोमा वर्तमान सरकार हिंसा प्रभावितहरुप्रति गम्भिर रहेको थपिन । उनले हिंसा प्रभावित बालिकाहरुको सन्दर्भमा प्रधानमन्त्री,सरोकारवाला मन्त्री र अन्य सरोकारवाला निकायहरुसंग समेत कुरा गर्ने बताईन । उनले हिंसा प्रभावित बालिकाहरुलाई न्याय,शिक्षा र सुरक्षा समेत आवश्यक रहेको थपिन ।
संस्थामा कालिकोटका २,डलेलधुराका १, दैलेखका ३, सुर्खेतका ३,सुन्सरीका १ , महोत्तरीका ७ , धनुषाका २ , काभ्रेका १ र रौतहटका एक ४ देखि १७ वर्षसम्मका हिंसा पिडित बालिकाहरु छन । हिंसा पिडित बालिकाहरु मध्ये ७ जना आफन्त(बुवा,काका र मामा) बाट बलात्कृत भएकि हुन भने १२ जनालाई छिमेकीले बलात्कार गरेका छन । यता १ बालिका शिक्षक समेतबाट बलात्कृत भएकि हुन ।
साझा सहयात्री नेपाललाई नेपाल र विदेशमा रहेका नेपालीहरुबाटै प्राप्त आर्थिक सहयोग हुने गरेपनि अध्यक्ष दर्नालले सहयोग नियमित नहुने भएकोले व्यवस्थापन चुनौतीपुर्ण हुने गरेको थपिन ।