महोत्तरी,१ वैशाख ।

ओरेकको समन्वयमा तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा लैंगिक हिंसा प्रभावित महिला तथा किशोरीहरुको लागी सुरक्षा आवस( सेफ हाउस)  संचालन तथा व्यवस्थापनको लागि समन्वयात्मक वैठक सम्पन्न भएको छ । महोत्तरीका  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सम्पन्न सो वैठकमा सेफ हाउसको आवश्यक्ता र उपलब्धताको लागि गहन छलफल गरिएको छ ।

बैठकमा महोत्तरीका विभिनन पालिकाका नगरप्रमुख,उपप्रमुख,अध्यक्ष उपाध्यक्ष,प्रमुख प्रसासकिय अधिकृत,महिला मानव अधिकार रहक्षक,सुरक्षा निकाय प्रमुख तथा विभिन्न सरोकारवालाहरुको सहभागिता थियो ।

बैठकमा ओरेक मधेश प्रदेश संयोजक विणा सिंहले  सेफ हाउसको आवस्यकता ,आवश्यक वार्षिक बजेट र स्थानीय सरकारको अपनत्व समबन्धमा प्रस्तुतिकारण गरेकि थिईन ।

कार्यक्रममा सेफ हाउसको आवश्यक्ता सवैले स्विकार्दै त्यसको लागि आवश्यक सहकार्यका लागी एक्यवद्धता जनाएका छन ।