काठमाडौं, २९ चैत्र ।
चर्चित भारतीय गायिका आशा भोसलेको निधन भएको छ। हृदयघात भएपछि शनिबार उनको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको थियो।
उपचारको क्रममा आइतबार उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
९३ वर्षीया गायिका भोसले भारतकै सबैभन्दा सफल गायिकामध्ये एक हुन्। उनले गाएका एक दर्जनभन्दा धेरै नेपाली गीतसमेत लोकप्रिय छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







