रञ्जन भण्डारी
महोत्तरी,२९ चैत्र ।
महोत्तरीको औरही नगरपालिका ५ निवासी ४५ वर्षिया वविता देवी जातिय छुवाछुत तथा अमानविय व्यवहार मुद्दामा पक्राउ परेकि छिन । गत माघ ८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता भएकोमा सोहि बेला देखि फरार रहेकि उनलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आफुलाई उनकी बुहारी बताउने ईन्द्रा कुमारी मण्डलको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ईन्द्राले आफ्नो नावालिका सन्तान सहित घरमा प्रवेश गर्न खोज्दा सासुले मेरो कुल देउता रिसाउने भन्दै कुटपिट गर्दै घर प्रवेश नदिएको उनको आरोप छ । यता ईन्द्राका श्रीमान मेघनाथ यादव सम्पर्क बिहिन छन । इन्द्राले आफ्नो श्रीमान सहित परिवारका अन्य सदस्यहरुमाथि अंश मुद्दा समेत दिएकि छिन ।
न्यायको आशमा सन्तान लिएर भौतारिदै ईन्द्रा

महोत्तरीको औरही नगरपालिका वडा नं. ३ श्रीपुर निवासी ईन्द्रा कुमारी मण्डल कि सासु वविता देवी प्रहरीको लामो खोजतलास पछि पक्राउ परेपछि इन्द्राले न्याउ पाउने आश गरेकि छिन । फाल्गुण १२ गते जन्म भएको बच्चाले हालसम्म आफ्नो बुवाको मुख समेत हेर्न नपाएको भन्दै तिनै सासुले श्रीमानलाई लुकाई दिएको र आफुलाई जातिय अवहेलना गर्दै घर प्रवेश नदिएको आरोप लगाईन ।
उनले भागेर विवाह गरेकोमा दुईजना कै उमेर नपुगेकै कारण कानुनी सहयोग नपाएपछि नेपालसंगै जोडिएको भारतको कन्हमामा बस्दै आएकोमा सासु सोहि ठाउ आई आफ्नो श्रीमानलाई सामान किनिदिन्छु बजार हिड भनेर लगेकोमा श्रीमान फिर्ता नआएको बताईन । सोहि बेला आफु ६ महिना कि गर्भवती रहेको उनले थपिन ।
श्रीमान दिनभरि नफर्केपछि उनलाई भेट्न घर जाँदा सासुले तल्लो जात कि छोरी मेरो घरमा प्रवेश गरे कुल देउता रिसाउने भन्दै प्रवेश नदिएको र अमानविय व्यवहार समेत गरेको उनले थपिन । समाजमा अझै दुई परिवारको राजीखुशीले हुने कम उमेरको विवाहले समेत मान्यता पाउने अवस्थामा आफुहरुले प्रेम विवाह गर्दा मैले न्याय पाउन श्रीमान माथी बलात्कार मुद्दा लगाउनु पर्ने ? उनले श्रीमानलाई सासुले लुकाएपछि प्रहरीमा जाँदा प्रहरीले आफुलाई बलात्कार मुद्दा देउ भनेर सल्लाह दिएकोमा आफुले सोहि मुद्दा नदिएको ईन्द्राले बताईन ।
वि.सं. २९८२ वैशाख २५ गते ईन्द्रा मेघनाथसंग भागेकि थिइन सोहि बेला उनको र मेघनाथको उमेर १७ वर्ष थियो ।
ईन्द्रा भन्छिन,‘नावालिक अवस्थामा भाग्नु हाम्रो भुल थियो । हामीले समाजमा यहि उमेरमा विवाह भैरहेको प्रसस्तै देख्दै आएका थियौ । सोहि भएर हामीपनि भाग्यौ । तर आफुहरुले गरेको गल्तीको सजाय आफ्नो नावालिक सन्तानले भोगिरहेकोमा उनलाई पछुतो छ । श्र।ीमान समेत माया गर्ने भएपनि आमा बुवाको अगाडी उनको केहि नचलेको र बलजफ्ती उनलाई भारतको कुनै स्थानमा आमाले पठाईदिएकोमा उ उतै बन्देजमा परेको र आफुलाई सम्पर्क गर्न नसकेको बताउछिन । ’
उनी थप्छिन ,‘ प्रेममा अन्धो भएर मेरै कारण प्रतिष्ठा गुमेको मेरो आमा बुवा कै सहारामा अहिले पुनः आफ्नो छोरीको बाउ भेट्ने आशमा बसेकि छु । मलाई सानो जातको भन्दै घरमा प्रवेश नदिने मेरी सासुको छोराले यहि सानो जातको शरिर महिनौ भोगेको छ । त्यही शरिर भोग्ने छोरा पनि अशुद्ध भएको होला । अनि किन ति अशुद्ध छोरा लुकाउनु पर्यो ?
ईन्सेकको आर्थिक सहयोग ः
यता ईन्द्रालई कानुनी प्रकृयामा जानका लागि सहयोग पुग्ने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले आर्थिक सहयोग गरेको छ । इन्सेकले इन्द्रालाई दश हजार आर्थिक सहयोग गरेको हो ।
ईन्सेक मधेश प्रदेश कार्यालयमा न्यायका लागि पहल गरिदिन र आर्थिक अवस्था कमजोर भएकोले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोगको निमित इन्द्राले निवेदन दिएकोमा ईन्सेकका प्रदेश संयोजक राजु पासवानले आर्थिक सहयोग गरेका हुन ।
इन्द्राले सासु विरुद्ध गत माघ ८ मै मुद्दा दर्ता गरेकोमा इन्सेक सहितको पहल र उनको मुद्दाप्रतिको चासोपछिमात्र प्रहरीले सासुलाई नियन्त्रणमा लिएको हो ।







