महोत्तरी,२६ चैत्र ।
महोत्तरी प्रहरीले १९२.८ किलो गाँजा सहित दुई कार र एक २६ वर्षिय पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी महोत्तरीका प्रमुख एसपी हेरम्ब शर्माको कमाण्डमा रहेको प्रहरी टोलीले बुधवार राती जलेश्वर नगरपालिका ८ कजराही कुट्टी अगाडी बर्दिवासबाट जलेश्वर आउदै गरेको बिएसी ६९९४ नं. को निसान कारलाई रोकी चेकजाँच गर्दा कारमा सवार व्यक्तिहरु कार सोहि ठाउमा छोडी भागेकोमा सोहि कार प्रहरीले खानतलासी गर्दा कारबाट २२ पोकामा रहेको उक्त परिमाणको गाँजा पक्राउ गरको हो ।
प्रहरीले सो कारसंगै आएको प्रदेश २–०३–००१ च ९०७७ नं. को नेक्सस कार खानतलासी हेरी भागेकोमा प्रहरीले सो कार समेत पिछा गर्दै महोत्तरी गाउपालिका को ४ नं. वडा रतवाडामा फेला पारी सोहि कारमा सवार एकजनालाई २६ वर्षिय पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी प्रहरी निरीषक विश्वम्भर नाथ साहले समातिएका व्यक्तिसंग अनुसन्धान भैरहेको बताउदै भागेकाहरुको समेत पहिचान भैरहेको बताए ।