महोत्तरी,२६ चैत्र ।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वाटर महोत्तरीबाट खटेको टोलीले बुधवार भिसिटी नभएका तथा क्षमता भन्दा वढी बालुवा लोड गरेका पाँच टिफर नियन्त्रणमा लिएको छ । औरही नगरपालिका २ स्थित जलेश्वर बर्दिवास सडक खण्डबाट मधेश प्रदेश ०३–०१ ख ७७९८,मधेश प्रदेश ०३–००१ क ३१४४,मधेश प्रदेश ०३–००१ क ३५२९,मधेश प्रदेश ०३–००२ ख ५१९० र प्रदेश २–०३००१ ख ४७१ नंं को टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी प्रहरी निरिक्षक विश्वम्भर नाथ साहले बताए ।
नियन्त्रणमा लिइएको सवै टिपर आवश्यक कार्यवाहीको लागि जिल्ला समन्वय समिति महोत्तरी पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







