महोत्तरी,२६ चैत्र ।
नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ अन्तर्गत संचालनमा रहेको ‘कोपिया प्रोजेक्ट’ अन्र्तगत धनुषाको बटेश्वर नगरपालिकामा छोटो अवधीमा उत्पादन दिने धानका जात पहिचान गर्ने उदेश्यले परीक्षण सुरु गरिएको हो ।

कृषकहरुको प्रत्यक्ष सहभागितामा संचालन गरिएको जात पहिचान परीक्षण सेट चैत्र २४ गते देखि लगाइएको हो । यस कार्यक्रम मार्फत स्थानीय हावापानी तथा भौगोलिक अवस्था अनुसार उपयुक्त र उच्च उत्पादन दिने धानका जात छनौट गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
किसानले आफ्नै खेतमा परीक्षण संचालन गर्ने,विभिन्न धानका जातहरुको अवलोकन गर्ने तथा आफ्ना अनुभव र प्राथमिकताका आधारमा उत्कृष्ट जात छनौट गर्ने छन । यसले अनुसन्धान र प्रविधीलाई किसानमैत्री तथा व्यवहारिक बनाउन महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ट वैज्ञानिक र कोपिया प्रोजेक्ट लिडर डा. पल्लवी सिंहले स्थानिय स्तरमा उपयुक्त धानका जात पहिचान गर्न तथा उत्पादन वृद्धि गर्न मुद्दत पुग्ने बताईन ।







