रञ्जन कुमार भण्डारी
महोत्तरी,२४ चैत्र ।
महोत्तरीको एकडारा गाउपालिका ५ गेना बथनाहा र जलेश्वर नगरपालिका ७ बखरीको सिमा स्थित जलेश्वर बर्दिवास सडक खण्डमा दुई मोटरसाईकल एक आपसमा ठोक्किएर आगलागी हुदा तिनजनाको जलेर घटना स्थलमै मृत्यु भएको छ भने तिनजनालाई सिकित्स अवस्थामा प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको छ ।
मृतकहरु जलेश्वर नगरपालिका ६ साहुजीपट्टी निवासी राम दयाल दासको छोरा रवि दास,सोहि ठाउ निवासी सुरेन्द्र दास(सोलिन्द्र) को छोरा शुभाष दास र एकडारा गाउपालिका ३ अजमरपट्टी निवासी शत्रुध्न मण्डलको छोरा अभिषेक मण्डल रहेका छन । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
यता घाईतेहरु जलेश्वर नगरपालिका ६ निवासी सुरेश दासको छोरा रोहित दास,सोहि ठाउ निवासी लखिन्द्र कापरको छोरा अभय कापर र ठेगाना सहित थप परिचय नखुलेको जय कुमार महतोको अवस्था चिन्ताजनक रहेकोमा उनलाइ थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
चारजना एसइइ दिईरहेका छात्र ः
मृतक मध्ये रवि दास र शुभाष दास महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय जलेश्वरबाट एसइइ परीक्षा दिदैछन भने सोहि विद्यालयबाट एसइइ दिईरहेका रोहित दास र अभय कापर घाईते छन ।