महोत्तरी,२२ चैत्र ।
जसपा नेपालका महासचिव राम कुमार शर्माले निर्वाचनमा भएको क्षतिको जिम्मा लिदै राजिनामा दिएका छन ।
उनले आम निर्वाचन २०८२ मा एकातिर æअबकी बार बालेन सरकारæ को नाऊमा रास्वपा पार्टीको ऐतिहासिक जीत भएको र अर्कौतर्फ जसपा नेपाल को ऐतिहासिक हार भएको बताउदै २०६२/०६३ को ऐतिहासिक मधेस जनबिद्रोह र महान मधेसी जनताको वीरता र बलिदानको जगमा स्थापित देशको चौथो ठुलो ५२ सिटको पार्टी लगातार टुटफुट र बिभाजन हुदै सुन्य सिटमा झर्नु समान्य पराजय नरहेको बताए । शर्माले यो सामुहिक अयोग्यता र अक्षमताको प्रमाण भएकोले जनताको जनादेशलाई स्वीकार गरि नैतिकताको आधारमा जसपा नेपाल को महासचिव लगायतका पदबाट राजीनामा दिएको घोषणा गरेका हुन ।
उनले आफुलाई विश्वास गरि महासचिव जस्तो जिम्मेवारीपुर्ण पद दिएर पार्टीले आफुप्रति देखाएको विश्वासको लागि अध्यक्ष उपेन्द्र यादबलाई आभार समेत व्यक्त गरे ।







