रञ्जन कुमार भण्डारी
महोत्तरी,२२ चैत्र ।
गत शुक्रवार नेपाली विषयको परीक्षामा मर्यादा विपरित कार्य गरेको आरोपमा चारजनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान अघी बढाएको छ । जिल्लाको बलवा न.पा. वडा नं. ०६ स्थित बलवा बजारमा रहेको Úडिजिटल श्याम फोटो स्टुडियो अ‘ान लाईन सर्विसæ नाम भएको स्टुडियोमा एसइइ परीक्षाका विभिन्न विद्यालयमा परीक्षा दिईरहेका विद्यार्थीहरुलाई ह्वाटसअप ग्रुप मा व्वाईन गरी परीक्षा केन्द्रहरुबाट प्रश्न आउट गरी त्यसको उत्तर मोबाईल प्रयोग गरि पठाउने र प्रिन्ट गर्ने जस्ता परिक्षाको मर्यादा विपरीत कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरि अनुसन्धानको लागि अदालतबाट पाच दिनको म्याद लिएको छ । पक्राउ पर्नेमा स्टुडियो संचालक बलवा न.पा. वडा नं.०६ गोईठ टोल बस्ने अं. बर्ष ५५ का पुरुष व्यक्ति र सोहि ठाउ वस्ने श्याम महतोको छोरा अं. बर्ष १९ को पुरुष व्यक्ति छन भने
ह्वाटसअप ग्रुप व्वाईन गरि परीक्षा मर्यादा विपरित कार्य गरेका थप दुईजना बलवा न.पा. वडा नं. १० बस्ने अं. वर्ष २० को पुरुष व्यक्ति र सोहि ठाउ बस्ने अं. वर्ष २० को पुरुष व्यक्तिलाई शनिवार प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको हो ।
पक्राउ परेका चारैजनालाई शिक्षा सम्बन्धि ऐन २०२८ अन्तर्गतको कसूर -परीक्षाको गोपनियता भंग) शिर्षकमा प्रहरीले अनुसन्धान थालेको हो ।







