महोत्तरी,२० चैत्र ।
चैत्र २४ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको निर्वाचनको लागि महोत्तरीको मटिहानी नगरपालिका ८ निवासी विजय कुमार साहले समेत उम्मेदवार दर्ता गराएका छन । मधेश प्रदेशका ८ वटै जिल्लाका उद्योग वाणिज्य संघहरूबाट १८ जना अध्यक्ष र एसोसिएट संस्थाहरूबाट ३८ जना सदस्य गरी कुल ५६ जना मतदाता रहेको मधेश समितिको अध्यक्ष पदका लागि उनले उम्मेदवारी दिएका हुन ।
उद्योगी तथा व्यापारी वर्गको हित केन्द्रिय कार्यको लागि आफ्नो उम्मेदवारी रहेको उनले प्रतिकृया दिएका छन । उनले æउद्योगी व्यवसायी र व्यापारीहरूको उत्थान, समृद्धि एवं सुरक्षाका क्षेत्रमा काम गर्ने आफ्नो प्रमुख लक्ष्य हुने बताए ।
साह नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य -वि.सं. २०७७–७९) सम्म तथा महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष -वि.सं. २०६३–२०७१) सम्म दुई कार्यकाल सम्हालिसकेका उद्योग क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्ति हुन ।







