रञ्जन कुमार भण्डारी
महोत्तरी,२० चैत्र ।
सम्बन्धी सूचना।
जिल्ला प्रसासन कार्यालय महोत्तरीले सेवाग्राहीलाई विचौलिया मुक्त सेवा उपलब्ध गराउने सम्बन्धी सुचना जारी गरेको छ । जिल्ला भित्र रहेका सबै सरकारी तथा गैर–सरकारी कार्यालयहरूबाट प्रदान गरिने सेवाहरूलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन गृह मन्त्रालयबाट परिपत्र जारी गरिएकोमा जारी परिपत्र बमोजिम सेवाप्रवाहलाई पूर्ण रूपमा बिचौलियामुक्त बनाउने नीति अबलम्बन गर्न जिल्ला प्रसासन महोत्तरीले मातहत सम्पुर्ण कार्यालयहरुलाई निर्देशित गरेको छ । जिल्ला प्रसासनले परिपत्र बमोजिम कार्यान्वयन गर्न/गराउन साथै सम्बन्धित कार्यालयबाट प्रत्यक्ष रूपमा छिटो, सहज र सरल रूपमा सेवा प्राप्त गर्न सक्ने वातावरण सुनिश्चित गर्न सबै कार्यालयहरूलाई सेवाप्रवाह प्रणाली सुधार गरी सेवाग्राहीमैत्री बनाउन अनुरोध गरेको छ ।
कुनै पनि व्यक्तिले सेवाप्राप्तिका क्रममा बिचौलियाको प्रयोग नगर्नु हुन तथा कुनै अनियमितता भएमा तपसिलका निकायमा जानकारी गराउन सुचनामा आग्रह गरिएको हो । उक्त किसिमका गतिविधि गर्नेहरूलाई प्रचलित कानून बमोजिम कारवाही हुने सुचनामा जनाइएको छ ।







