रञ्जन कुमार भण्डारी
महोत्तरी,२० चैत्र ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले ३५ प्रहरीलाई भिड नियन्त्रण सम्बन्धी अभ्यास -तालिम) दिएको छ । ६ दिने सो तालिममा प्रहरी बरिष्ठ हवल्दार–१ जना, प्रहरी हवल्दार–२ जना, प्रहरी सहायक हवल्दार–६ जना र प्रहरी जवान–२६ जना गरी जम्मा ३५ प्रहरीले तालिम लिए ।


जलेश्वर नगरपालका २ मणीपाल ग्राउण्डमा आयोजित सो तालिममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्मा, प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्ट सहितले भिड नियन्त्रणको सिद्धान्त लगायतका विविध विषयमा अनुशिक्षित गरे ।
तालिम समापनमा एसपी हेरम्ब शर्माले प्रशिक्षार्थी प्रहरीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन ।