रौतहट, २० चैत्र ।
रौतहटको गौर स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट प्रहरीले चार जना बिचौलिया नियन्त्रणमा लिएको छ ।
सरकारले कार्यालयमा बिचौलियालाई प्रवेश निषेध गर्न पत्राचार गरेपछि प्रहरी शुक्रवार मालपोत कार्यालय पुगेको थियो । त्यहाँ कार्यालयमा सेवाग्राहीसँग रकम लिएर काम गराउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चारै जनासँग सोधपुछ र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







