रञ्जन कुमार भण्डारी
महोत्तरी,१९ चैत्र ।
सर्लाही कविलासी न.पा. वडा नं.०२ पिपरिया स्थित रहेको श्री बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिर बाट प्रश्न पत्र आउट गरेको आरोपमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले सोही परीक्षा केन्द्र बाहिरबाट कविलासी न.पा. वडा नं.५ पचगछिया बस्ने अं.बर्ष २४ को मनोज कुमार यादवलाई पक्राउ गरिएको हो । आरोपी यक़दवले आफ्नो हातमा मोवाईल फोन चलाई रहेकोमा प्रहरीलाई शंका लागि उनको मोबाइल नियन्त्रणमा लिएर चेक गर्दा उनको मोवाईल फोनको Whatsapp मा सोही समय भैरहेको अंग्रेजी विषयको प्रश्नपत्र भेटीएको हो । उनलाई प्रश्नपत्रको गोपनियता भंग गरी परीक्षा सम्बन्धी कसूर गरेको पाईएकोले नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट परीक्षा सम्बन्धी कसूर मुद्दामा तिन दिनको म्याद लिएर प्रहरीले अनुसंधान सुरु गरेको हो ।







