मो. इसराफिल राइन
मटिहानी, १९ चैत्र ।
नेपालकै सब भन्दा जेठो गुरुकुल श्री राजकीय संस्कृत मा.वि.मा सरस्वती मन्दिर निर्माण कार्यको आज शिलान्यास गरिएको छ ।
आज एक कार्यक्रमका बिच गुरुकुलका अभिभावक तथा अग्रज, मानकी होटल जनकपुर र मटिहानी होटलका संस्थापक सञ्चालक एवं समाजसेवी निरंजन प्रसाद साहले सो मन्दिरको शिलान्यास गर्नुभयो ।
बि. सं.१७७५ मा स्थापना भएको सो गुरुकुलमा सरस्वती मन्दिर निर्माण मानकी होटल जनकपुर र मटिहानी होटलका संस्थापक सञ्चालक एवं समाजसेवी निरंजन प्रसाद साहले आफ्नो निजी लगानीमा गर्न लागेको छ ।
गुरुकुलमा १३/१३ को आकर्षण मन्दिर र त्यस भित्र महादेव र सरस्वतीको प्रतिमा समेत स्थापना गरिने कुरा गुरुकुलका प्र.अ. ईश्वरी पौडेलले बताउनुभयो ।
निर्माण कार्य पूरा भएपछि २०८३ सालदेखि सरस्वती पूजा गुरुकुल परिसरमै नव-निर्मित मन्दिरमा गरिने योजना रहेको छ।
गुरुकुलले लामो समयदेखि देखेको सपना साकार पार्न योगदान दिने निरंजन प्रसाद साह महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन्। उहाँको उदारता र समाजप्रतिको उत्तरदायित्वले गुरुकुल मात्र नभई समग्र समुदायलाई प्रेरणा दिएको छ।
गुरुकुल परिवारले साहप्रति हार्दिक आभार प्रकट गर्दै उहाँको परिवारजनको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको कामना गरेको छ।







