रञ्जन कुमार भण्डारी
महोत्तरी,१८ चैत्र ।
प्रादेशिक अस्पताल जलेश्वर सुधारको लागि स्थानिय युवाहरुले मधेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रादेशिक अस्पताल जलेश्वरमा आजदेखि सुरु भएको डाइलासिस सेवाको उदघाटन गर्न आईपुगेका मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल यादवलाई युवाहरुको समुहले सो ध्यानाकर्षण पत्र बुझाएका हुन ।
अस्पतालमा खरिद गरिएर राखिएका उपकरणहरु दक्ष जनशक्ति अभावमा प्रयोग विहिन रहेको र जनशक्ति कै भरमा कैयौ सेवा सुचारु हुन सक्ने भएपनि अस्पतालमा थन्केर रहेको उपकरणहरु यथासिघ्र संचालन र विभिन्न शिर्षकमा भएको भ्रष्टाचारको छानविन लगायतका विषयमा सो ध्यानाकर्षण गराइएको हो ।
काठमाडौंमा विर अस्पताल संचालनमा आएकै सेरोफेरोमा संचालनमा आएको जलेश्वर अस्पताल कुनै बेला अञ्चल अस्पतालकै रुपमा रहेपनि यसको प्रमोशनको साटो डिमोशन हुनुले सरकारको अस्पताल प्रतिको चासो हराएको अनुभुति स्थानियहरुले गर्न थालेकोले यथासिघ्र अस्पतालमा अपग्रेड गर्ने लगायतका कार्यमा प्रदेश सरकार गम्भिर हुनु पर्ने स्थानिय युवा आकाश साहले बताए । उनले हामीले ध्यानाकर्षण पत्र बुझाएको बताउदै सरकारले अझै अस्पताल सुधार तर्फ पहल नगरे आफुहरु आन्दोलित हुनुको विकल्प नहुने बताए ।
उनले भने,…अस्पताल नमुना बनाउनु पर्ने समय छ । १५ वेडको अस्पतालले जनतालाई गिज्याईरहेकोले सयलाई तत्काल अपग्रेड गर्नुका साथै अस्पतालमा विभिन्न स्वार्थमा भएको नियुक्तीहरुको समेत जाँच हुनु पर्ने हुन्छ । साथै अस्पताल व्यवस्थापन समितिमा पुरानो वा आलोचित व्यक्ति आउनु हुदैन ।