रञ्जन कुमार भण्डारी
महोत्तरी,१८ चैत्र ।
भुमि सुधार तथा मालपोत कार्यालय जलेश्वरको कार्यालय बाहिरको पर्खाल मिथिला पेटिंङ्गलले सजाइएका छन । १२ स्लोटमा सिताको जन्मदेखि स्वयम्वरसम्मको झल्को दिने मिथिला पेटिंङ्गले ति भित्ताहरुले सोहि बाटो भई गुज्रिने यात्रीहरु तथा कार्यालयमै विभिन्न काम विशेषले आउने सेवाग्राहीलाई आकर्षित गर्न थालेको छ । कार्यालयमा पुग्ने जोकोहिले केहि समय सोहि पेटिंङ्ग हेर्न र त्यसका कथाहरु बुझ्न समय खर्चन थालेका हुन ।

काम विशेषले कार्यालय प्रवेश गर्ने सेवाग्राही तथा सडक भएर हिडने बटुवालाई सुन्दर मिथिला चित्रकलाले भुलाउन थालेपछि चित्रकला बनाएको फलिफाप भएको कार्यालय प्रमुख दिपेन्द्र झा बताउछन । उनी हामी मिथिला क्षेत्रमा रहेको बताउदै मिथिलामा हुनेले माता सिताको जन्म देखि स्वयम्वरसम्मको कथा बुझ्नै पर्ने भएकोले मिथिला चित्रकलाको प्रमोट समेत हुने भएर कार्यालयको भित्ता सजाइएको बताए । चित्र हेरेपछि मानसिक थकान घटने गरेको आफुले अनुभव गरेको बताउदै कार्यालय प्रमुख झाले कार्यालय भित्र समेत बनाउन चाहना भएको र त्यसको लागि प्रयास गरिरहेको बताए ।
जनकपुर स्थित दामी आर्ट कि संचालिका काजल झा र उनको टिमले करिव दुईलाखको लागतमा सो चित्रकला बनाएकि हुन ।







