महोत्तरी,१८ चैत्र ।
जिल्ला प्रसासन कार्यालय महोत्तरीले सुचना जारी गर्दै आउदो चैत्र १९ गते देखि संचालन हुने एसइइ परीक्षामा परीक्षा अमर्यादित बनाउनेलाई कार्यवाही गरिने जनाएको छ । परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक निरिक्षक र विद्यार्थीहरुले मोवाइल लग्न नपाईने जनाएको छ । साथै कसैले स्मार्ट वाच -घडी), विद्युतीय क्याल्कुलेटर, अन्य इलेक्ट्रोनिक्स डिभाइस, किताब, नोटबुक, गेसपेपर लगायत अन्य कुनै चिटिङ्ग सामग्रीहरु परीक्षा हलभित्र लैजान बन्देज रहेको जनाएको छ ।
जिल्ला प्रसासन कार्यालयले परीक्षा हलभित्र भेटिएका मोवाइल लगायतका चिटिङ्ग सामग्रीहरु जफत गरी नष्ट गरिने र उक्त परीक्षार्थीलाई परीक्षा हलबाट निष्काशन गर्ने जनाएको छ ।
जिल्ला प्रसासन कार्यालयले परीक्षा व्यवस्थित, मर्यादित, शान्तिपूर्ण एवं भयरहीत वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध गरेको छ ।