रञ्जन कुमार भण्डारी
महोत्तरी,९ चैत्र ।
चैत्र १९ देखि संचालन हुने एसइइ परीक्षामा महोत्तरीबाट ११ हजार ५०२ छात्रछात्रा सहभागी हुने भएका छन । परीक्षामा सहभागी हुनेमा सामुदायिक विद्यालय तर्फ साधारण धारमा ३६०६ छात्र र ३९६० छात्रा गरि कुल ७५६६ विद्यार्थी छन भने संस्थागत विद्यालय तर्फको साधारण धार तर्फकै ४९९ छात्र र ३४० छात्रा गरि कुल ८३९ सहभागी हुदैछन । यता प्राविधिक धार तर्फ सामुदायिक विद्यालयका २४५ छात्र र १५५ छात्रा गरि कुल ४०० विद्यार्थी परीक्षामा सहभागी हुदैछन ।
त्यसतै ग्रडवृद्धि तर्फ सामुदायिक विद्यालयका १०८६ छात्र र १५९८ छात्रा गरि कुल २६८४ विद्यार्थी सहभागी हुदैछन भने संस्थागत तर्फका ११ छात्र र २ छात्रा ग्रेडवृद्धिको लागि परीक्षामा सामेल हुने भएका छन । जिल्लाबाट कुल ५४४७ छात्र र ६०५५ छात्राले परीक्षा दिनेछन ।
फरक क्षमता अन्तर्गत बहिरा स्रोत कक्षा गौशालाबाट ग्रेडवृद्धि तर्फ १ छात्र समेत परीक्षामा सहभागी छन । यस पटक फरक क्षमता अन्तर्गत अन्य स्रोत केन्द्रबाट एसइइ दिने छात्रछात्रा सहभागी छैनन ।
महोत्तरीमा पछिल्लो वर्ष ३२ परीक्षा केन्द्र निर्धारण गरिएकोमा यस पटक भने ३३ परीक्षा केन्द्र राखिएको छ । यता सवै परीक्षा केन्द्रको लागि ३३ केन्द्राध्यक्ष,५७ सहायक केन्द्राध्यक्ष,५५१ निरिक्षक,९८ परीक्षा सहायक र २२१ कार्यालय सहयोगी तोकिएको छ भने प्रत्येक केन्द्रमा सुरक्षाकर्मीको व्यवस्थापन गरिएको शिक्षा विकास तथा समन्वय ईकाई महोत्तरीका निमित प्रमुख बरुण चौधरीले बताए । उनले परीक्षा मर्यादित बनाउन जिम्मेवार व्यक्तिहरुलाई निर्देशन दिइसकिएको बताए ।