रञ्जन कुमार भण्डारी
महोत्तरी,९ चैत्र ।
महोत्तरी स्थित भारतिय सिमासंग जोडिएको मटिहानी नगरपालिकाको वडा नं. ८ को नयाँ प्रसासनिक भवन सोमवार एक कार्यक्रम गरि उदघाटन गरिएको छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल र वडाअध्यक्ष रितेश कुमार साहले उक्त दुईतल्ले प्रसासनिक भवनको संयुक्त उदघाटन गरेका हुन ।


स्थानिय तथा कार्यपालिका सदस्य समेत रहेका अरुण नाहरले उपलब्ध गराएको १६ धुर जग्गामा बनाइएको उक्त दुईतल्ले प्रसासनिक भवन मुल्य अभिवृद्धि कर सहित ९५ लाख ११ हजार २२७ रुपयामा निर्माण भएको हो । भनवमा ४ कार्य कोठा,एक सभाहल र शौचालय समेत छ ।
नगरप्रमुख मण्डलले भवन उदघाटन पछि सभालाई सम्बोधन गर्दै हालसम्म वडाको भवन निर्माण विविध कारणले हुन नसकेकोमा सवैको साथ र सहयोगले यो समेत सम्भव भएको र आज नव निर्मित भवनको उदघाटन गर्ने अवसर जुडेको बताए ।
नवनिर्मित भवन उदघाटन समारोहमा नगर उपप्रमुख मंजु देवी साह तथा वडाअध्यक्षहरु लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।