मटिहानी,८ चैत्र ।
मटिहानी स्थित राजकिय संस्कृत माध्यमिक विद्यालय -गुरुकुल) मा निजि दानमा सरस्वती मन्दिर निर्माण हुने भएको छ । स्थानिय तथा समाजसेवी समेत रहेका जनकपुर स्थित मानकी होटेल तथा मटिहानी स्थित मटिहानी होटलका संस्थापक संचालक निरंजन प्रसाद साहले गुरुकुलमा मन्दिर निर्माण गरिदिन लागेका हुन ।
गुरुकुलका प्रधानाध्यापक ईश्वरी पौडेलले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन,æत चिता म पूरा गर्छुÆ भन्ने दिव्य विश्वास आज गुरुकुल परिवारका लागि यथार्थमा परिणत भएको छ । विगत तीन वर्षदेखि गुरुकुलले देख्दै आएको सरस्वती मन्दिर निर्माणको सपना अब साकार हुने भएको छ। Ú उनले मन्दिर बनाईदिन लागेका दाता साहलाई धन्यवाद दिदै उनी सहित उनको परिवारको उज्वल भविष्य र सदैव शुभको कामना गरेका छन ।
प्रधानाध्यापक पौडेल भन्छन,æधन सबैसँग हुन सक्छ, तर यसरी निस्वार्थ भावले दान गर्ने मन सबैसँग हुँदैन । गुरुकुलको आवश्यकताबारे कुरा राख्दा बिना कुनै आग्रह स्वयं मन्दिर निर्माणको जिम्मा लिनु साह परिवारको महानता हो।Æ
मटिहानी स्थित राजकिय संस्कृत माध्यमिक विद्यालय नेपालकै पहिलो गुरुकुल भएको बताउदै प्रधानाध्यापक पौडेलले गुरुकुलमा पछिल्लो केहि वर्षमा सवैको साथ र सहयोगले भौतिक उपलब्धी सहितको परिवर्तनले उर्जा थपेको बताए ।







