जनकपुरधाम,८ चैत्र ।
लामो समयदेखि मुखको क्यान्सर रोगले पीडित गीतकार अशोक दत्तको उपचारार्थ आर्थिक सहयोग संकलन गर्न विभिन्न संघ–संस्थाहरुले पहल थालेका छ्न ।
सो क्रममा शनिवार मिथिला नाट्यकला परिषदको सभा कक्षमा ,मैथिली विकास कोष,रंग दर्पण,रामानन्द युवा क्लब,मैथिली साहित्यकारसभा तथा जनकपुरधामका दुई दर्जन भन्दा बढी कलाकारहरुको सहभागितामा भएको बैठकले पिडीत दत्तलाई आर्थिक सहयोगकालागि च्यारिटी शो गर्ने निर्णय गरेको छ ।
आगामी चैत २१ गते मैथिली विकास कोषको हलमा आयोजना हुने भनिएको सो च्यारिटी शो मा मिथिला क्षेत्रका दर्जनौ कलाकारहरुले आ–आफ्नो प्रस्तुति गर्ने जानकारी बैठकमा सहभागी रंगदर्पणका अध्यक्ष रितेश पट्लीले दिएका छन ।