रञ्जन कुमार भण्डारी
महोत्तरी,८ चैत्र ।
शुक्रवार प्रधानमन्त्री शुशीला कार्कीले गौशाला नगरपालिका ३ नवराजपुर स्थित निगौल गाई गौशाला निरिक्षण गरिन । गाईहरुको भोकले भएको दुरावस्था बारे बोल्दै उनले उपस्थित सवैलाई गौ रक्षाको लागि आग्रह गरिन ।
मानवमा जस्तै भाव र ज्यान पशुमा भएकोले पशुलाई जसरी भएपनि खानाबाट बन्चित नगर्न उनको आग्रह थियो । उनले निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख सहित सरोकारवालालाई गाईको अवस्था वारे चिन्ता व्यक्त गर्दै गौै संरक्षण र व्यवस्थापन राम्रो बनाउन निर्देशन दिईन । उनले सोहि निर्देशनात्मक आग्रह जनप्रतिनिधीहरुलाई समेत गरिन । स्थानियहरुसंगको समेत भेटमा उनले सवै मिलेर गाईलाई बचाउ जोसंग जसरी हुन्छ गाईलाई घास लगायतका खानाको बन्दोवस्त गर भनेर आग्रह गरिन । जनताले समेत गौशालाको दुरावस्था वारे उनलाई आग्रह गरेकामा उनले म सवै बुझ्दै छु,हेर्दै छु र आवश्यक निर्देशन दिदै छु भनिन ।
प्रधानमन्त्री कार्कीले भनिन,… गाईकै दुखको पैसाले गाईलाई खुवाई देउ पुग्छ । कसैले हामीलाई विश्वास गरेर यत्रो दिएको हो,त्यसको संरक्षण गर्नु पर्छ । हामीले मुसा चरा सवैको पुजा गर्छौ । गाईलाई त हिन्दु धर्ममा आमा नै मान्छौ । यसकै दुधले हाम्रो बालबच्चाको हुर्कन्छ । गाईको संरक्षण सवैको कर्तव्य हो । Ú
उनले आम नागरिकसंग कार्यालय परिसर बाहिर गएर भेट्दै मैथिलीमै भनिन,… गाईके देखु गाई मरल जाई छैै । Ú
गौशालाको करिव दुईसय विग्हा जग्गा रहेकोमा सो मध्ये धेरै जग्गा किनबेच भएको र धेरै जग्गा अतिक्रमण समेत रहेको स्थानियहरुले प्रधानमन्त्रीलाई गुनासो पोखेका थिए । यसै सन्दर्भमा उनले गौशालाको जग्गा अतिक्रमण मुक्त गराउन समेत आवश्यक निर्देशन दिएकी हुन ।
सात महिना देखि तलव पाएका छैनन गोठालोले ः
निगौल गाई गौशालाको दुई स्थानमा रहेको गौशालामा करिव २५/२६ गोठाला छन । तर सवैले सात महिना देखि तलब खान पाएका छैनन भने दर्शैकै बोनसबाट समेत उनीहरु बन्चित छन । निगौल गाईगौशालामा कार्यरत गोठाला धिरेन्द्र यादवले आफुहरुलाई घर परिवार चलाउनै कठिन भएको भन्दै तलब मंगाईदिन आग्रह गरे । उनले नवराजपुर स्थित गोठमा ८० देखि ८५ गाई र गौशाला स्थित मुख्य गोठमा करिव १५० जति गाई रहेकोमा ति सवै गाईको रेखदेख गर्ने गोठाला समेत भोक्कै बस्नु परेको पिडा पोख्छन । यता गाईहरुकै विजोग गरेको बारे आफुहरुलई कार्यालयबाट उपलब्ध हुने चारा गाईलाई दिने गरेकोमा कहिले केहि दिन देखि घास र भुसााहरु भएपनि करिव एक महिना देखि पैसा अभावमा दाना भने गाईले नखाएको बताए ।
स्थानियहरुको चरम असन्तुष्टी ः
निगौल गाई गौशालामा गाईलाई खाने व्यवस्थापन नरहेको र गाई कै नाममा कर्मचारी लगायत केहि नेताहरुले गाई गौशालालाई कमाउने भाडोको रुपमा प्रयोग गरेको जनआक्रोस छ । स्थानिय जितेन्द्र महतोले गाईहरु खाना खान नपाएर मरिरहेको बताए । उनले भित्रका सामानहरु समेत चोरी भैरहेको बताउदै गाई गौशालाको कार्यालयमा चरम भ्रष्टाचार रहेको बताए । उनले दुई वटै गौशालामा चरम लापरवाही रहेकोमा यसको सम्पत्तिको जाचबुझ हुनुपर्ने बताए ।