महोत्तरी,५ चैत्र ।
सर्वोच्च अदालतले रवि लामिछानेको अभियोग संशोधन सम्बन्धि मुद्दामा महान्यायाधिवक्ता कार्यालयको संशोधित निर्णय झिकाउन आदेश दिएको छ । न्यायाधिश शारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सो आदेश दिएको
आदेशमा जिल्ला सरकारी वकील कार्यालयहरुलाई अभियोगपत्र संशोधनका लागि निकास दिने गरी भएको मिति २०८२।०९।३० को आदेशमा मिति २०८२।१०।०२ मा त्रुटी सच्चाई विचाराधिन मुद्दाका सबै प्रतिवादीहरु उपर दायर भएको सम्पत्ति शुद्धिकरण र संगठित अपराध तर्फको अभियोग संशोधन गर्ने गरी निकास दिइएको भनि जिल्ला सरकारी वकील–कार्यालय रुपन्देहीको लिखित जवाफको प्रकरण नं. ३-ख) मा उल्लेख भएकोमा सो व्यहोरा महान्यायाधिवक्ताको लिखित जवाफ साथ पेश भएको नदेखिँदा सो त्रुटी सच्चाईएको भनिएको मिति २०८२।१०।०२ को टिप्पणी आदेशको प्रतिलिपी र सो सँग सम्बद्ध अन्य प्रमाण भए सो समेत प्रत्यर्थी महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई यस अदालतबाट मिति २०८२।११।२७ मा भएको आदेश बमोजिम हुने गरी मिति २०८२।१२।०९।२ मा हेर्न नमिल्ने माननीय न्यायाधीशरहित इजलास समक्ष लगाउका मुद्दा समेत साथै राखी नियमानुसार पेश भनिएको छ ।