महोत्तरी,५ चैत्र ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले ठगी कसुर मुद्दामा फरार रहेको एक प्रतिवादीलाई पक्राउ गरेको छ । उर्मिला देवीको जाहेरीले सरोज कुमार राउत समेतले गरेको ठगी सम्बन्धी कसुर मुद्दामा प्रहरीले सिरहा गोलबजार नगरपालिका वडा नं. १३ डेग्राहा बस्ने ३० वर्षिय मृगेन्द्र प्रसाद साहलाई पक्राउ गरेको हो । प्रहरीले माघ २१ गते नै जिल्ला अदालत महोत्तरीबाट उनलाई पक्राउ गर्न अनुमति लिएपनि आरोपी फरार रहदै आएका थिए ।
उनलाई चैत्र ४ गते सिरहा नगरपालिका वडा नं. ७ स्थितमा लुकी छीपी बसी रहेको अवस्थामा सिरहा प्रहरीले पक्राउ गरि महोत्तरी प्रहरीलाई बुझाएको हो । उनी सहितको माथि २६ लाख २६ हजार ठगी गरेको आरोप छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







