काठमाडौं,५ चैत्र ।
निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित ११० प्रतिनिधिसभा सदस्यलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगमै बिहीबार प्रमाणपत्र वितरण गरिएको हो ।
यता आयोगले विहिवार नै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन बुझाउने कार्यक्रम समेत रहेको छ । निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीले भने सांसदहरूको शपथपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने जनाएको छ। आगामी १२ चैतमा सांसदहरूको शपथको तयारी भइरहेको छ। त्यसलगत्तै बस्ने रास्वपाको संसदीय दलको बैठकले संंसदीय दलको नेता चयन गर्ने रास्वपा स्रोतले जनाएको छ ।