महोत्तरी,५ चैत्र ।
जलेश्वर नगरपालिकाले आयोजना गरेको मेयरकप सामान्यज्ञान प्रतियोगिता बुधवार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा आधारभुत तह तर्फ सिमबायोसिस ईन्टरनेशनल एकेडेमी प्रथम,श्री राष्ट्रीय आधारभुत विद्यालय दोस्रो र श्री अभिनन्दन आधारभुत विद्यालय तेस्रो भएका छन भने माध्यमिक तहमा साउथ एसियन क्याम्ब्रिज ईन्गलिस बोडिंग स्कुल प्रथम,ल.च.मु. मा.वि. दोस्रो र शिशु ज्ञान निकुञ्ज ईंगलिस बोर्डिंग स्कुल तेस्रो भएको हो ।
आधारभुत तह र माध्यमिक तहमा प्रथम,दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छात्रछात्रालाई जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले पुरस्कार वितरण गर्दै उनको उज्वल भविष्यको कामना गरे ।
नगरप्रमुख सोनारले यस्ता प्रतियोगिताले छात्रछात्राको बौद्धिक क्षमता र दक्षता बढ्नुका साथै उनमा अध्ययन गर्ने थप उर्जा थपिने बताए । उनले अझै विद्यालय शिक्षा गुणस्तरको लागि नगरपालिकाले कार्यहरु गरिरहेको बताउदै नगरभित्रका सवै विद्यालयहरुमा बालबालिकालाई कोर्ससंगै अतिरिक्त कृयाकलाप गराउन पहल भैरहेको बताए ।