रञ्जन कुमार भण्डारी
महोत्तरी,१ चैत्र ।
महोत्तरी प्रहरीले
१०९ किलो ६१० ग्राम अवैध लागु औषध (गाँजा) सहित महोत्तरी प्रहरीले भारतिय नम्बरको कार नियन्त्रणमा लिएको छ । विहिवार राती लागु औषध गाँजाको कारोबार हुँदै छ भन्ने बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरीको संयुक्त टोलीले रामगोपालपुर नगरपालिका ७ बाट वेवारिसे अवस्थामा रहेको डिएल १ सिक्यु ५८६९ नं. को कारबाट १०९ किलो ६१० ग्राम अवैध लागु औषध (गाँजा) नियन्त्रणमा लिएको हो । वेवारिसे अवस्थामा रहेको उक्त कार प्रहरीले खानतलासी गर्दा प्रहरीले गाँजा भेटाएको हो ।
कारको पछाडी रहेको डिकी भित्र रातो रंगको प्लाष्टिकले बेरीएको अवस्थामा प्रहरीले २० पोका गाँजा नियन्त्रणमा लिएको हो ।
प्रहरीले लागु औषध गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको पहिचान तथा खोजतलास कार्य तर्फ आवश्यक थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







