मटिहानी,२९ फाल्गुण ।
मटिहानी नगरपालिका २ बरदाहा स्थित फैजुल गुर्वा मदरसा आधारभूत विद्यालयको आरसिसि पक्की भवन निर्माणको लागि मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डलले शिलान्यास गरेका छन ।
मटिहानी नगरपालिकाको ८६ लाख ८७ हजारको लागतमा निर्माण हुन लागेको चार कोठे पक्की भवनको विहिवार नगरप्रमुखले शिलान्यास गरेका हुन ।
वडा अध्यक्ष मोहम्मद रयुपÞm तथा वडा नं. ३ का वडा अध्यक्ष नाजिर मिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम जतन यादव, मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीश कुमार मिश्र,विद्यालयका प्र.अ. ज्याबुल हक लगायत मटिहानी नगरपालिका अन्तर्गतका बिभिन्न विद्यालयका प्र.अ. लगायतको उपस्थितिमा नगरप्रमुखले शिलान्यास गरे । उनले भवन निर्माण पछि बालबालिकालाई पठन पाठनमा सहयोग सहज हुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







