रञ्जन कुमार भण्डारी
महोत्तरी,२३ फाल्गुण ।
महोत्तरी १ मा राष्ट्रीय स्वतन्त्र पार्टीका प्रमोद कुमार महतो ३४६३६ मत ल्याई विजयी भएका छन । उनले आफ्ना प्रतिद्वन्दी नेकपाका गिरिराजमणी पोखरललाई २२०१२ मतको फराकिलो मतान्तरले हराएका हुन । त्यसतै पुर्व निर्वाचित एमालेका लक्ष्मी महतो कोईरीबाट समेत उनको मतान्तर २८०४५ छ ।

महोत्तरी क्षेत्र १ स्थित निर्वाचन कार्यालयले महतोलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ । नवनिर्वाचित प्रतिनिधीसभा सदस्य महतोले जितपछि मिडियासंग कुरा गर्दै चुरे दोहन र अवैध नदी उत्खनन पुर्ण
रुपमा बन्द गर्न आफु प्रतिवद्ध रहेको बताएका छन । उनले समग्र क्षेत्रको विकासको लागि आफु समर्पित रहेको र जनभावना अनुसार नै काम गर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







