रञ्जन कुमार भण्डारी
महोत्तरी,२१ फाल्गुण ।
महोत्तरीमा अपरान्ह २ बजेसम्म ४०.५४ प्रतिशत मतदान सम्पन्न भएको छ । क्षेत्र १ मा महिला १७ हजार ४१४ र पुरुष १६ हजार ३२१ गरि ३३ हजार ७३५ मतदाताले मतदान गरेका छन भने क्षेत्र २ मा महिला २४ हजार ७४२ र पुरुष २३ हजार ३११ गरि कुल ४८ हजार ५३ जनाले मत खसालेका छन । यता क्षेत्र ३ मा २८ हजार २०१ महिला र २७ हजार ३२७ पुरुष मतदाता गरि कुल ५५ हजार ५२८ मतदाताले मतदान गरेका छन ।
त्यसतै क्षेत्र ४ मा १९ हजार १०९ महिला र १८ हजार ४४७ पुरुष गरि कुल ३७ हजार ५५६ मतदाताले मतदान गरेका छन । हालसम्म चारै निर्वाचन क्षेत्रमा ८५ हजार ४०६ पुरुष र ८९ हजार ४६६ महिला मतदाताले मतदान गरिसकेका छन । महोत्तरीको चार निर्वाचन क्षेत्रमा महिला एकलाख ९६ हजार ९७ महिला,दुईलाख ३५ हजार १८३ पुरुष र अन्य २ गरि कुल ४ लाख ३१ हजार २८२ मतदाता छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर







