रञ्जन कुमार भण्डारी
महोत्तरी,२१ फाल्गुण ।
महोत्तरीमा अपरान्ह १ बजेसम्म ३४.८८ प्रतिशत मतदान सम्पन्न भएको छ । क्षेत्र १ मा महिला १२ हजार ४२२ र पुरुष ११ हजार २६८ गरि २३ हजार ६९० मतदाताले मतदान गरेका छन भने क्षेत्र २ मा महिला ११ हजार ४१४ र पुरुष १० हजार ९१७ गरि कुल २२ हजार ३३१ जनाले मत खसालेका छन । यता क्षेत्र ३ मा २६ हजार ४०७ महिला र २५ हजार ८९० पुरुष मतदाता गरि कुल ५२ हजार ८९० मतदाताले मतदान गरेका छन ।
त्यसतै क्षेत्र ४ मा १५ हजार ४६१ महिला र १५ हजार ७९८ पुरुष गरि कुल ३१ हजार ९२८ मतदाताले मतदान गरेका छन । हालसम्म चारै निर्वाचन क्षेत्रमा ७३ हजार २७७ पुरुष र ७७ हजार १८४ पुरुषले मतदान गरिसकेका छन । महोत्तरीको चार निर्वाचन क्षेत्रमा महिला एकलाख ९६ हजार ९७ महिला,दुईलाख ३५ हजार १८३ पुरुष र अन्य २ गरि कुल ४ लाख ३१ हजार २८२ मतदाता छन ।