रञ्जन कुमार भण्डारी
महोत्तरी,२१ फाल्गुण ।
महोत्तरीमा १२ बजेसम्म २१.३७ प्रतिशत मतदान सम्पन्न भएको छ । जिल्ला प्रसासन कार्यालय महोत्तरीबाट जारी सुचनामा सो जानकारी दिइएको हो ।
महोत्तरीको क्षेत्र १ मा ४९ हजार ४२२ महिला र ५६ हजार २२२ पुरुष तथा २ अन्य मतदाता रहेकोमा सोहि क्षेत्रमा १२ बजेसम्म ८ हजार ३१२ र ९ हजार ७९१ पुरुष गरि १८ हजार १०३ जनाले मतदान गरिसकेका छन । उक्त मतदान प्रतिशत १७.१३ हो ।
यता क्षेत्र २ मा ४८ हजार ७३३ महिला र ५८ हजार ८६१ मतदाता रहेकोमा ११ हजार ४१४ महिला र १० हजार ९१७ पुरुष मतदाताले मतदान गरिसकेका छन । उक्त क्षेत्रमा १२ बजेसम्मको कुल २०.७५ प्रतिशत मतदान भएको हो ।
त्यसतै क्षेत्र ३ मा ५० हजार ४८६ महिला र ५९ हजार ९५० पुरुष मतदाता रहेकोमा १३ हजार ४९३ महिला र १४ हजार ८१९ पुरुष मतदाताले मतदान गरिसकेको छन । उक्त मतदान प्रतिशत २५.६३ हो ।
यता क्षेत्र ४ मा ४७ हजार ४५६ मसहmा ६० हजार १५० पुरुष मतदाता रहेकोमा सोहि निर्वाचन क्षेत्रमा १२ हजार १०७ महिला र ११ हजार ३४३ पुरुष मतदाताले मतदान गरेका हुन । उक्त प्रतिशत २१.७९ हो ।
त्यसतै बर्दिवास नगरपालिका ७ प्रेम नगर स्थित मतदान केन्द्रमा करिव ११ बजे देखि रोकिएको मतदान निक्कै प्रयास पछि १२ः ४० मा पुनः सुचारु भएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारीले मतदान पुनः सुरु भएको जनाएका छन ।