रञ्जन कुमार भण्डारी
महोत्तरी,२१ फाल्गुण ।
महोत्तरीको बर्दिवास नगरपालिका ७ स्थित राष्ट्रिय मा.वि. प्रेमनगरमा रहेको मतदान केन्द्रमा दोहोरो विवादपछि मतदान स्थगित भएकोमा मतदान सुचारु गराउने प्रयास भैरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताएका छन । उनले केहि कुरामा असहमति भएकोमा निर्वाचन टोलीले असहमति सुल्झाउने प्रयास गरिरहेको बताएका हुन ।
सोहि मतदान केन्द्रमा वडाअध्यक्ष भोरिल यादव सामान्य घाईते भएको स्थानियहरुले जनाएका छन । महोत्तरीमा हालसम्म करिव २५ प्रतिशत मतदान सम्पन्न भैसकेको छ ।