रञ्जन भण्डारी
महोत्तरी,६ फाल्गुण ।
फाल्गुण ३ गते पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिका ९ निवासी सव इन्जिनियर प्रमोद कुमार यादवको गोलीमारी हत्या गरिएको विषयमा गौशाला नगरपालिकाको ध्यानाकर्षण भएको छ । गौशाला नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई हदैसम्मको सजायको मांग गरेको छ ।
अज्ञात समुहले गोली प्रहार गरि हत्या गरेको भन्दै गौशाला नगरपालिकाले दोषी पत्ता लगाई उसलाई हदैसम्मको सजाय व्यवस्था गर्न मांग गरेको हो । विज्ञप्तीमा भनिएको छ,‘गौशाला नगरपालिका दुःखद घटनाले सम्पुर्ण कर्मचारीहरु स्तब्ध र मर्माहत भएको छ । नगरपालिका घटनाको घोर भत्सर्ना गर्दछ । राष्ट्रसेवक कर्मचारीलाई श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन,आफन्त तथा सहकर्मीहरुमा गहिरो संवेदना व्यक्त गर्दै दोषीलाई कानुन बमोजिम हदैसम्मको सजायको मांग गर्दछौ ।
साथै भविष्यमा यस्तो घटना घट्न नदिन समेत नेपाल सरकारसंग जोडदार मांग गरिएको छ ।







