रञ्जन भण्डारी
महोत्तरी,३ फाल्गुण ।
महोत्तरीमा फाल्गुण ३ गते देखि १७ गतेसम्म मतदातालाई मत हाल्न सिकाइने भएको छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरी कि प्रमुख रंजिता झाले १५ स्थानिय तहका बाल विकास शिक्षकलाई प्रशिक्षण दिइसकिएको बताउदै उनले आईतवार देखि स्वयम सेवकको रुपमा बालबिकास शिक्षक स्थानिय तहका वडाहरुमा गई तथा विद्यालय स्तरिय कार्यक्रम समेत गरि मत हाल्न सिकाउने बताईन ।
महोत्तरीमा कुल १३८ वडा रहेकोमा प्रत्येक स्थानिय तहको शिक्षा शाखा मार्फत वडामा एकजनाका दरले बालबिकास शिक्षकलाई ओरिएन्टेशन दिइएको उनले बताईन ।
स्वयम सेवकहरुलाई नमुना मतपत्र तथा स्वस्तिक लगायतका सामग्री उपलब्ध गराईसएिको बताउदै प्रमुख झाले २०७४ को निर्वाचनमा खटेका बालविकास शिक्षकलाई नै यस पटक मतदाता शिक्षाको लागि खटाइएको बताईन ।