रञ्जन भण्डारी
महोत्तरी,३ फाल्गुण ।
आसन्न प्रतिनिधीसभा निर्वाचनको लागि कारागार सुरक्षा अझै मजबुत गर्न जलेश्वर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई प्रदान गरिएको छ । फाल्गुण १ गतेबाट उक्त जिम्मा सेनालाई दिइएको हो ।
जलेश्व नगरपालिका ९ प्रकौली स्थित गोरखनाथ गणले कारागार सुरक्षामा आफ्नो प्लाटुन खटाएको हो ।
जेन जी आन्दोलनको समय जलेश्वर कारागारमा ५०० भन्दा वढी कैदी बन्दी रहेकोमा आन्दोलनकै बहानामा सवै भागेपछि कारागार रित्तिएको थियो । पछि जिल्ला प्रसासन कार्यालय,कारागार प्रसासन र जिल्ला प्रहरी कार्यालयबाट समेत सुचनाहरु जारी भएपछि केहि कैदीबन्दी कारागार फर्केका थिए । यता प्रहरीले केहि कैदीबन्दीलाई पक्राउ गरेर समेत कारागारमा हालेका थिए । अहिले आन्दोलन पछि का र पुराना कैदीबन्दी गरि कुल ३७५ जना कारागारमा छन ।